एनआईसी एशिया बैंकको नयाँ ब्याजर सार्वजनिक
प्रकाशित:
३१ साउन २०८१
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले भोली भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.४१ प्रतिशतदेखि अधिकतम ५.४१ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने रेमिट्यान्स बचतमा ६.४१ प्रतिशत ब्याज दिनेछ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ३ देखि ७.४१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ५.२५ देखि ७.४१ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ३ देखि ६.४१ प्रतिशत ब्याज दिने छ ।
बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको साउन मसान्तसम्मको बेसरेट ७.६३ प्र्रतिशत रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares