प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नाफा बढ्यो

अर्थकागज
प्रकाशित: २५ वैशाख २०८२
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्म कम्पनीले २७ करोड ७ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म २६ करोड ८९ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । जुन गत वर्ष भन्दा यो त्रैमाससम्म कम्पनीले ०.६७ प्रतिशत बढी खुद नाफा गरेको हो।

गत वर्ष ८ अर्ब ९१ करोड रूपैयाँ रहेको जीवन बीमा कोष यस वर्ष ४३.६१ प्रतिशतले बढेर १२ अर्ब ८० करोड रुपैयाँ नाघेको छ।

यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ९६ करोड रुपैयाँबाट बढेर करीब साढे ३ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी १६.८० प्रतिशतले बढ्दा कुल खर्च १७.७२ प्रतिशतले वृद्धि भएको छ।

गत वर्ष ३ अर्ब ८९ करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ४ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ३ अर्ब ६२ करोड रुपैयाँ कुल खर्च गरेको कम्पनीले यस वर्ष ४ अर्ब २६ करोड रूपैयाँ खर्चिएको छ।

चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा करीब साढे १० करोड रूपैयाँ, जगेडा कोषमा करीब साढे ७९ करोड रुपैयाँ र शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष ८ रुपैयाँ ३५ पैसा रहेकोमा चालू आवमा घटेर ७ रुपैयाँ ६४ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर