शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा सामान्य गिरावट, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: ०९ वैशाख २०८१
Image description

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।

समिक्षा अवधिमा बैंकले ५१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६६ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा भने ७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा २.११ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ८८ लाख रुपैयाँ रहको छ । बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर