स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: १८ असार २०८२
Image description

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । 

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपियाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । उक्त कम्पनीलाई सेबोनले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । लगानीकर्ताले साउन ९ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । 

साथै, ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर