राष्ट्रिय बाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन प्रदान

अर्थकागज
प्रकाशित: २८ जेठ २०८१
Image description

काठमाडौं – राष्ट्रिय बाणिज्य बैंकले प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा हालै आयोजित एक कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने बताए । साथै उनले घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने बताए । प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने पनि बताए।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सीईओ खनालले विगतमा बैंक र नेपाल प्रहरी बीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने जनाएका छन्। सो अवसरमा कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति थियो।


प्रतिक्रियाहरू

सम्बन्धित खबर