यो आर्थिक वर्षमा पनि 'डबल डिजिट'मा लाभांश दिने कोशिस रहनेछ : सुदीप आचार्य- अध्यक्ष

अर्थकागज
प्रकाशित: ३० असोज २०८१
Image description

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१ /०८२ मा पनि सेयरधनीलाई डबल डिजिटमा लाभांश दिने गरी बैंक अगाडि बढेको बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्यले बताएका छन् । बुधबार सम्पन्न १८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष आचार्यले भने -'आर्थिक वर्ष २०८१/ ०८२ मा पनि सेयरधनीलाई डबल डिजिटमा लाभांश दिने हाम्रो कोशिस रहनेछ ।'

बैंकले आर्थिक वर्षमा २०८०/०८१ मा सेयधनीलाई १२ प्रतिशत लाभाशं दिन सफल भएको थियो । जसमा ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) रहेको थियो । प्रगतिको आधार, कामना सेवासँग कारोबार भन्ने मुल नारालाई मुलमन्त्र बनाएर अगाडि बढेको यस कामना सेवा विकास बैंक अहिले हरेक सुचाङकमा अब्बल रुपमा आफुलाई वित्तिय क्षेत्रमा उभ्याउन सफल भएको छ ।

यो पनि 

तस्बिरमा हेरौं कामना सेवा विकास बैंकको बार्षिक साधारणसभा




प्रतिक्रियाहरू

सम्बन्धित खबर