हिमालय उर्जाको लिलामी सेयरको बोलपत्र आज खोलिने
प्रकाशित:
१७ असोज २०८१
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले लिलामी सेयरको बोलपत्र(गोप्य शिल टेन्डर) आज असोज १८ गते शुक्रबार खोलिने भएको छ । उक्त बोलपत्र कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको केन्द्रिय कार्यलयमा बिहान १० बजे खोलिने छ ।
कम्पनीले असोज ७ गतेदेखि असोज १४ गतेसम्म १४ लाख ४६ हजार ३ सय ५९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गरेको हो ।
लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी भएका थिए । यसअघि कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares