छुट्ला है ! सिटि होटलको ८० प्रतिशत हकप्रद, आवेदन दिने आज अन्तिम दिन
प्रकाशित:
२६ साउन २०८२
काठमाडौं । सिटि होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ । कम्पनीले भोली साउन २७ गते बुकक्लोज गर्ने भएकाले, आजसम्म नेप्सेमा कारोबार भइ नाम दर्ता भएका सेयरधनी मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।
सिटि होटलले हालको चुक्ता पूँजीको ८० प्रतिशत बराबरको हकप्रद सेयर निष्कासन गर्ने योजना ल्याएको हो। यस अन्तर्गत प्रतिकित्ता अंकित मूल्य रू. १०० का दरले कुल १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर जारी हुँदैछ, जसको मूल्य रू. १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares