मुक्तिनाथ कृषि कम्पनीको आईपीओे बाँडफाँड
प्रकाशित:
०७ मंसिर २०८०
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओको बाँडफाँड गरेको छ । कम्पनीले २०% अर्थात चौंध करोड रुपैयाँ रकम बराबरको १४ लाख कित्ता साधार सेयर सर्वसाधारणलाई छुट्टयाएको र उक्त शेयर मध्येको १०% अर्थात १ लाख ४० हजार कित्ता सेयर प्रति सेयररु.१००÷अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका निष्कासन गरी आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले कार्तिक ७१० गतेदेखि कात्र्तिक २४ गतेसम्म आईपीओ निश्कासन गरेको थियो । बिहीबार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आईपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो ।
१,४०,००० कित्ता सेयर खरिदका लागि ३१,१९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता सेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठहर्याई रद्द गरी कूल ३१,१९४ जना आवेदकहरुबाट ७,२३,०४० कित्ता सेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएको भएको थियो ।
निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४,००० सफल आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल १,४०,००० कित्ता धितोपत्र बाँडफाँड गरिएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares