कम्पनी सेयरधनीहरु र साधारणसभा
कम्पनी र सेयरधनीहरुको कडिलाइ जोड्ने साधारणसभाहरु प्राय सकियो भन्दा पनि फरक नपर्ला । एक आर्थिक बर्ष सकिएको ६ महिना भित्र बार्षिक साधारण सभा गर्न पर्ने हुन्छ । आर्थिक बर्ष २०७९ ८० को बार्षिक साधारण सभाहरु धेरै जसो कम्पनीहरुले सपन्न सेयरधनीहरु सेयर बजार र साधारण सभाहरुको बारेमा कतिको जानकार छन त ? नेप्सेमा थुपै्र कम्पनीहरुको सेयर सूचिकृत रहेका छन भने प्रतेक आर्थिक बर्षको समाप्तिपछि साधारण सभा गर्न पर्ने हुन्छ ति कम्पनीहरुले । त्यसैगरि कम्पनीहरुले तत्काल केहि प्रस्ताबहरु परित गर्न पर्यो भने बिशेष साधारण सभाहरु गर्ने गर्दछन् । यस्ता साधारण सभाहरुमा समिक्षा बर्षमा भए गरेका गतिबिधिहरु र भावि योजनाहरुको बारेमा कम्पनी र सेयरधनीहरुमा छलफल हुने गर्छन् । साधारण सभामा क्म्पनीहरुले प्रस्ताब गरेको प्रस्ताबहरु सभामा उपस्थित हने सेयरधनीहरुको बहुमतले पारित गर्न पर्छ त्यसपछि मात्र लागू हुने नियम छ । यस्ता साधारण सभाहरु र बिशेष साभारण सभाहरुमा सेयरधनीहरुको उपस्थित हुने गरेका छन् । केहि सेयरधनीहरुले कम्पनीले प्रस्ताब गरेको प्रस्तामा आफ्नो धारणाहरु राख्ने गर्दछन भने कतिपय सेयरधनीहरु भने चिया खाजामा मात्र झुमिने गरेका पनि हुन्छन ।
यि यस्ता सेयरधनीहरुलाइ कम्पनीको प्रस्ताब प्रतिबेदनमा त्यति धेरै चासो राख्ने गरेका हुँदैनन भने छलफलमा पनि त्यति बस्ने गरेका देखिदैन । त्यसोत कतिपय सेयरधनीहरु भने कन कम्पनीले साधारण सभामा के खुवाउने भन्नेमा चासो राखने सेयरधनीहरु पनि नभएका होइनन् । सरकारले पनि साधारण सभाहरुमा सिमित सेयरधनीहरुको नियन्त्रण हुने गरेको देखिन्छ । धेरै जसो कम्पनीहरुको साधारण सभाहरुमा केहि टठाबाठा बोल्ने सेयरधनीहरुको नियन्त्रणमा हुने र कम्पनीले प्रस्ताव गरेको प्रस्ताबहरु परित गर्ने वा नगर्ने यहि बक्ता सेयरधनीहरुले गर्ने गरेको बताउँछन् सरोकारवालाहरु । यसकारणले पनि साधारण सभाहरुमा उपस्थित हुने धेरै जसो सर्ब साधारण सेयरधनीहरुले साधारण सभामा त्यति चासो नदिने गरेको कारणले बोल्ने सेयरधनीहरुको भुमिका बढि हुने गरेको बताउँछन जानकारहरु । त्यसोत साधारण सभामा उपस्थित हुने कतिपय सेयरधनीहरुले कम्पनीले सभामा पेश गरेको एजेण्डा के हो भन्न समेत थाहा नभएका सेयरधनीहरु पनि नभएका होइनन साधारण सभामा आउने सेयरधनीहरुमा । त्यसोत कतिपय सेयरधनीहरुको भनाइमा सभामा बोल्ने सेयरधनीहरु धेरै हुने र सभा लामो हुने भएकोले पनि छलफलमा बस्न नचाहेको बताउँछन सेयरधनीहरु ।
त्यसोत धेरै जसो साधारणसभाहरु केहि सिमित सेयरधनीहरुको नियन्त्रणमा हुने कारणले होला कतिपय कम्पनीहरुको आफ्नो स्वार्थले पनि काम गरेको देखिन्छ । कतिपय कम्पनीहरुले आफुले साधारण सभामा पेश गरेका प्रस्ताब एजेण्डाहरुमा भएको कमी कमजोरीलाई बिरोध र आलोचना नगरुन भनेर केहि बोल्ने सेयरधनीहरुलाई साधारण सभा हुने भन्दा केहि दिन अगाडि बोलाएर डिनर खुवाउने र यातायात खर्च भनेर केहि रकम दिने गरेको चर्चाहरु चल्ने गरेका छन सबै जसो साधारण सभाहरुमा । यसकारणले पनि होला बृद्ध भत्ता पाकिसकेका बृद्धहरु पनि सभामा बोल्नको लागि मात्र पनि गाडि चढर आउने गरेका र एकै दिन धेरै ठाउँमा सभा परेको भए पनि भ्याएका सम्ममा भ्याउनको लागि दगुरादगुर गर्छन । केहि सेयरधनीहरुले यसलाइ स्विकारेका पनि छन् भने केहि सेयरधनीहरु यसलाइ स्विकार्दैन भने यस्तो भन्ने र लेख्नेहरु सग झगडा समेत गर्न पछि पर्दैन । त्यसोत ठला कम्पनीहरुमा लाखौ शसेयरधनीहरु हुन्छन । तर पनि धेरै जसो बार्षिक साधारण सभाहरुमा ५, ७ सयको हाराहारीमा मात्र सेयरधनीहरुको उपस्थिती हुने गरेका देखिन्छन् । त्यसमा पनि धेरै जसो पाको उमेरकाहरु मात्र हुन्छन यवापुस्ताहरु त्यति साधारण सभाहरुमा आउने गरेका छैनन् । पछिल्लो समयमा त युवापस्ताहरु बिधार्थिाहरु समेत शेयरबजारमा सग्लन रहेका आकर्षण रहेकोे बताउछन सरोकारवालाहरु । डिम्यात खाता खोल्नेहरुमा युवापस्ताहरु पनि धेरै रहेको सम्बन्धित सरोकारवालाहरु बताउँछन् । डिम्यात खाता खोल्नेहरुनै ६० लाख भन्दा बढि भइसकेको बताउँछन सरोकारवालाहरु ।
Shares