काठमाडौँका यी स्थानमा आज ट्राफिक जामको सम्भावना बढी

अर्थकागज
प्रकाशित: १४ चैत २०८१
Image description

काठमाडौँ । आज शुक्रबार १५ चैतका दिन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भारी ट्राफिक जाम देखिने सम्भावना छ । आज एकै दिन दुई ओटा फरक फरक राजनीतिक समूहले प्रदर्शन गर्ने भएपछि भारी ट्राफिक जामको सम्भावना बढेको हो । राजावादी समूहले राजतन्त्रको पक्षमा तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा समाजवादी मोर्चामा संलग्न दलहरूले आन्दोलन गर्दैछन् ।

त्यसैले आज तीनकुने, माइतीघर, टुँडिखेल, पुतलीसडक आसपासमा अत्यधिक ट्राफिक जाम पर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । त्यसैले सकेसम्म १० बजेभन्दा पहिले नै आफ्नो गन्तव्य स्थानमा पुगि सक्न प्रहरीले अनुरोध गरेको छ । यस्तै, रेडियोमा ट्राफिक एफएम ९५.५ मेगाहर्ज वा रेडियोको फेसबुक पेज , मेट्रो ट्राफिक पुलिस डिभिजनको फेसबुक पेजमा गएर लाइभ अपडेट लिन सकिने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि बिहान १० बजे आसपासमा घरबाट निस्कने बेलामा एक पटक ट्राफिक प्रहरीलाई सम्पर्क गरेर निस्किन सुझाव छ । यसका लागि ट्राफिक प्रहरीको फोन नम्बर १०३ मा सम्पर्क गरेर ट्राफिकको लाइभ अवस्था बुझ्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर