नेप्सेमा सगरमाथा जलविद्युतको सेयर मूल्य समायोजन

अर्थकागज
प्रकाशित: २५ कात्तिक २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनिको सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनिले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज कार्तिक २६ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।

कम्पनीको ४.७५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ५ सय ८४ रुपैयाँ २५ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा आईतबारको अन्तिमा कारोबार मूल्य ६ सय १२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर