कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक
कुमारी बैंक लिमिटेडले चैत्र १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.७६ प्रतिशतदेखि अधिकतम ५.७६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ६.१० देखि ७.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ६.१० देखि ७.१० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ५.१० देखि ६.५१ प्रतिशत ब्याज दिने छ भने बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ३.५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ९.९९ प्रतिशत रहेको छ ।
प्रतिक्रियाहरू
Hareram
2 years ago
Bank ma paisa rakhne KO bayaj aauneki? Karja kineko bajya thorai hune? Yo decission hunu jaruri xa
Bikash kc
2 years ago
Ramro ajha 7-8 percent ma aaunu parcha ani sabai lai raahat huncha.Thanks
Naresh Khadka
2 years ago
यो बैंकले लोनको ब्याजदर घटेको जानकारी दिदैन बढेको मात्र जानकारी दिन्छ। घटेको बेलामा लोनको ब्याजर घटेको छ भनेर हिसाब गर्नु पर्ने हो। तर बढेको ब्याजदर दिने गरेको छौ।
Shares