ललितपुरको इमाडोलमा ‘लुगा घर’ संचालनमा आयो
ललितपुर । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–१ इमाडोलमा ‘लुगा घर’ सञ्चालनमा आएको छ । आज अर्थात शनिबार महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले ‘लुगा घर’ को उद्घाटन गरेका हुन् ।
थ्रेड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिनाले आफ्नै नयाँ आउटलेट ’लुगा घर’ सञ्चालनमा ल्याएका हुन् । ’लुगा घर’मा महिला र पुरूषदेखि बच्चा सम्मका लागि स्वदेशी ब्राण्डका कपडाहरू पाइने तिमल्सिनाले बताए ।
लुगा घरमा थ्रेड, डिआरजे, डक्टर डेनिम, टेन्टाकल, बिस्ट डेनिमलगायत विभिन्न ब्राण्डका कपडाहरू पाइनेछ । सञ्चालक तिमल्सिनाले आगामी दिनमा लुगाघरको देशभर फ्रेन्चाइज दिने गरी पहिलो आउटलेट सञ्चालनमा ल्याएको समेत जानकारी दिए ।
लुगा घरमा थ्रेड गार्मेन्टमै उत्पादन भएका स्वदेशी कपडा पाइने तिमल्सिनाको भनाई छ । ’एउटै छानामुनि महिला, पुरूष, बच्चाहरू सबैलाइ हुने कपडा पाईन्छ,’ उनले भने, ’म कारखाना हेर्छु, श्रीमती रेश्माले लुगाघर चलाउँछिन् ।’ लुगा घरमा बच्चादेखि सबै उमेर समुहका लागि हुने कपडा पाइने रेश्माले बताइन् । लुगा घरमा स्वदेशीसँगै केही आयातित कपडा समेत रहेको रेश्माले जनाइन् । लुगा घरमा सर्ट, पाइन्ट, जिन्स, टिसर्ट, ब्लेजर, ज्याकेटलगायत जेन्सका कपडाहरू पाइन्छ ।
कृष्णराजले विगत ८ वर्षदेखि ललितपुरको इमाडोलमा ’थ्रेड गार्मेन्ट’ सञ्चालन गरिररहेका छन् । गार्मेन्टमा प्रत्यक्ष रूपमा १ हजार र अप्रत्यक्ष रूपमा २ हजार जनाले रोजगारी पाइरहेका छन् । सुरुवातमा ’थ्रेड’ ब्रान्डबाट तयारी पोसाक बनाएर बेच्न थालेका तिमिल्सिनाले अहिले १० वटा विभिन्न ब्रान्डमा तयारी पोसाक बिक्री गरिरहेका छन् ।
केटी जिन्स, कोफी, लिमिटेड एडिसन, अर्बन आउटफिटर्स, डीआरजे, सीएम, जेन्टलम्यान, राइज स्पोर्ट्सलगायत १० ब्रान्डमा तयारी पोसाक उत्पादन र बिक्री गर्दै आएका छन् । थ्रेडअन्तर्गत लङ कोट, सर्ट, प्रिन्टेड टिसर्ट, कटन सर्ट, ब्लेजरलगायत उत्पादन हुन्छ ।
Shares