नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगित !
प्रकाशित:
२९ भदौ २०८०
काठमाडौं । आइतबार अर्थात भदौ ३१ गते हुन लागेको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करण स्थगित भएको छ ।
नेपालमा ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले आयोजना हुन लागेको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करणको तयारी गरिएकोमा अप्रत्याशित परिस्थितिका कारण क्यान महासंघका पदाधिकारीको निर्णय अनुसार अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गरिएको हो ।
नेपाल ब्लकचेन कन्क्लेभ २०२३ को तयारीको क्रममा सहयोग पुरयाउनुहुने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगितका कारण पर्न गएको असुविधा प्रति संबंधित सबैसंग क्यान महासंघ क्षमा प्रार्थी मागेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares