ठमेल प्लाजा होटलले आईपिओ जारी गर्ने, डाक्यो विशेष साधारणसभा

अर्थकागज
प्रकाशित: ०२ जेठ २०८१
Image description

ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर(आईपिओ) निष्काशन गर्ने भएको छ । होटलले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको जेठ १ गते बसेको संचालक समितिको निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा जेठ १९ गते ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडको सभाहलमा विहान १० बजेदेखि सुरु हुनेछ ।

विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र हकप्रद तथा आईपिओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ । 

प्रतिक्रियाहरू

Lanka kathayat

1 year ago

कति गते खुल्ला

सम्बन्धित खबर