नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र साहस उर्जा लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
सानिमा रिलायन्स लाईफले साधारणसभा तथा लाभांश प्रयोजनार्थ आज असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो भने साहस उर्जाले असोज १३ गते आईतबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।
सानिमा रिलायन्स लाईफको १८.३२ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ३ सय ३२ रुपैयाँ ६३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा आईतबारको अन्तिमा कारोबार मूल्य ५५९ रुपैयाँ ५० पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै साहस उर्जाको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५१७ रुपैयाँ ५० पैसालाई आधार मानेर मूल्य समायोज गरिएको हो । समायोजन पछिको मूल्य ४७९ रुपैयाँ १७ पैसा कायम भएको छ ।
प्रतिक्रियाहरू
Purna Kumar Ranjit
1 year ago
SRLI 559.5 ko 18.3811% bonus share ko price adjustment Kasari 332.63 ??? Kasto wrong calculation ho yo??? Toittttt
Shares