एभरेष्ट बैंकको नाफा करिब ३३ प्रतिशतले बढ्यो, लाभांश क्षमता ३८.२७ प्रतिशत

अर्थकागज
प्रकाशित: २६ साउन २०८२
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.६६ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा भने ३१.६२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३१ प्रतिशत पुगेको छ ।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहको छ जस अनुसार गत आर्थिक बर्षको मुनाफाबाट बैंकले ३८.२७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर