सुन आजपनि बढ्यो, तोलाको साढे २ लाख नाघ्यो

अर्थकागज
प्रकाशित: २९ असोज २०८२
Image description

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ५० हजार ९ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३२७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३२४० मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर