ठगी गर्ने नयाँ तरिका : इमेल फिसिङ

अर्थकागज
प्रकाशित: १६ असोज २०८०
Image description

सामाजीक सञ्जालको बढ्दो प्रयोग सँगै यसबाट हुने अपराधिक घटनाहरु पनि बढदै गएको छ । अहिले दैनीक सयौको संख्यामा सामाजीक सञ्जाल मार्फत ठगीमा परेको उजुरीहरु आउने गरेको छ । पछिल्लो समय सोसियल मिडियामा ठगी गर्ने नयाँ तरिका : इमेल फिसिङ बढदै गएको पाइन्छ ।

इमेल फिसिङ भन्नाले दुईजना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेल मार्फत रकमको कारोबार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देश समेत इमेल मार्फत परिवर्तन गरेर रकम ठगी हो । नेपाल प्रहरीको साइबर ब्युरोले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालबाट विदेशमा हुने कारोबारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको देखिएको छ ।‘विदेशबाट सामान आयात गरेर इमेल मार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ देखिन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको विभिन्न घटना परिघटनाहरुले देखाईरहेको छ ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, इन्सट्राग्राम गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको देखिन्छ । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको कुरा नेपाल प्रहरीको साइबर ब्यरोका तथ्याङमा हेर्न सकिन्छ । पछिल्लो समयत प्रतिष्ठित व्यक्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने घटनाहरु पनि बढ्दो छ। । इमेल फिसिङ’बाट ठगी भएका घटनाहरुका सम्बन्धमा साईबार ब्युरो उजुरीहरु पर्ने गरेको पाइन्छ ।

सामाजिक सञ्जाल फेसबुक,ट्वीटरमा चिठ्ठा पर्यो भनेर एक करोडसम्म ठगी गरेको भेटिएका छन् यतिमात्रै हैन विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ । साईबर अपराधबाट पिडीतका कारण मानिस घरबार विहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको देखिन्छ । विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्ष सम्म जेल वा एक लाख वा दुवै सजाय हुने प्रावधान छ। । साईबर अपराध सम्बन्धी धेरै उजुरी पर्ने गरे पनि थोरैको मात्र मुदा चलाउने गरेको पाइन्छ । साइवर अपराधका घटनाको अनुसन्धान र कारबाही विद्युतिय कारोवार ऐन २०६३ अन्तर्गत भइरहेको छ । त्यसो त नेपालभरमा भएको साइबर क्राइम सम्वन्धी मुद्दा हेर्ने अदालत काठमाण्डौ जिल्ला अदालत मात्र हो । विश्वको एक कुनामा बसेर अर्को कुनामा हुनसक्ने साइबर अपराध आफैमा जटिल छ ।

नेपालमा बढदो साइबर अपराधको खतराको संम्भावनालाई पुष्टि हुने किसिमका विभिन्न घटनाहरु पनि देखा परिसकेका छन् । सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेका छन् । विदेशमा बसेर नेपालमा सामाजिक सञ्जालमा गलत क्रियाकलापहरु गराउदै आएका घटनाहरु पनि प्रसस्त छन । त्यसो त, अहिले सरकारले स्मार्ट राष्ट्रिय परिचय पत्रदेखि पेपरलेस मन्त्रीपरिषद् बनाउने काम सुरु गरिसकेको छ । यसको अर्थ, नेपाल डिजिटलाइजेसनको प्रकृयामा गइरहेको छ । तर, सरकारले डिजिटलाइजेसनको सपना देख्दै गर्दा साइबर सुरक्षालाई ध्यान दिनु आवश्यक छ ।

सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पुर्ती गर्नेहरुको विगविगि केही बर्षयता ह्वात्तै बढेको छ । अझ केही मानिसहरुको लागि त सामाजिक सञ्जाल नकारात्मकता फैैलाउने महत्वपुर्ण क्षेत्र बनेको छ । मान्छेको भावनामा खेलेर होस या ब्लाकमेल गरेर होस, साइबर दुरुपयोग बढ्दो छ । हत्या, बलात्कार होस या लुटपाट नै होस, अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेको पाइन्छ । पर्याप्त साइवर सम्वन्धी ऐनकानुन बन्न नसक्दा गम्भीर साइबर अपराध गरेका व्यक्तिहरुले पनि सहजै छुटकारा पाउने अवस्था रहेको छ । त्यसो त नेपालमा साइबर चेतनाकै कमी छ ।

नेपालमा चलेका अधिकांश सामाजिक सञ्जालको नियन्त्रण संयन्त्र नेपालसँग छैन । जसका कारण सामाजिक सञ्जालमा नकरात्मकता फैलाउनेहरुदेखि फेक आइडीबाट ब्लाकमेल गर्न समेत पछि नपर्नेहरु सक्रिय बन्दै गएका छन् । साइबर सेक्युरिटी थ्रेट विश्वभर छ । अहिले एटीएम, अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसमएस बैंकिङका सुविधासँगै गम्भीर चुनौति पनि बढ्न थालेको छ । यसअन्तर्गत उपभोक्तालाई झुक्याएर अर्काको रकम आफूले निकाल्ने, एसमएस तथा इमेल फिसिङ्ग गर्ने क्रियाकलापहरु बढेका छन् ।

(इमेल :advbishnu2078@gmai.com) 

प्रतिक्रियाहरू

Rakesh Shrish

2 years ago

Nice

सम्बन्धित खबर