अपर हेंवाखोल हाईड्रोपावरको खर्च मात्रै १ करोड ९७ लाख, संचालक संचिता गौतमले गरिन साधारणसभा बहिस्कार !

अर्थकागज
प्रकाशित: २६ असार २०८१
Image description

काठमाडौं । अपर हेंवाखोल हाईड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारण सभा संचिता गौतमले बहिस्कार गरेकि छिन् । कम्पनी भित्र अन्य संचालक समितिका सदस्यहरु र उच्च व्यवस्थापनको कार्य शैलीको कारण संचालक गौतमले बहिस्कार गरिकी हुन् । आज सम्पन्न साधारणसभामा गौतमको अनुपस्थित कारण सेयरधनीले खोजेपनि व्यवस्थापन व्यक्तिगत कारण देखाएका थिए । तर, व्यवस्थापन अन्य संचालकहरुको कार्यशैलीको कारण गौतम अनुपस्थित रहेको कम्पनीका एक कर्मचारीले बताए ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा व्यवस्थापन खर्च र कर्माचारीलाई १ करोड ८३ लाख ६२ हजार ४८८ रुपैयाँ र अन्य संचालक खर्च १३ लाख ७४ हजार ६६७ रुपैयाँ गरी कुल १ करोड ९७ लाख ३७ हजार १५५ रुपैयाँ खर्च गरेको छ । आज सम्पन्न साधारणसभामा वित्तिय व्यवस्थापक संचिजव बस्नेतले पैसा समेत बाँडेका थिए । कम्पनीले सेयरधनीलाई लाभांश नदिएर निराश बनाएको छ । 


प्रतिक्रियाहरू

नरेन्द्र मान श्रेष्ठ

9 months ago

कसलाई पैसा बाँडेको खामेहरुलाइ हाे पत्रकार महाेदय ।

नरेन्द्र मान श्रेष्ठ

9 months ago

कसलाई पैसा बाँडेको खामेहरुलाइ हाे पत्रकार महाेदय ।

नरेन्द्र मान श्रेष्ठ

9 months ago

कसलाई पैसा बाँडेको खामेहरुलाइ हाे पत्रकार महाेदय ।

सम्बन्धित खबर