नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले बीमा प्राधिकरणबाट माघ ३ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५६ रूपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको नौलो केटाकेटी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।
त्यसैगरी, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि पाइनेछ भने जीवन सारथी जीवन बीमा योजनामा प्रतिहजार ६२ देखि ८५ रुपैयाँ सम्म बोनश पाउनेछन् ।
प्रतिक्रियाहरू
गाेरख गाउँले
2 years ago
मैले बिमा गर्दा बिमा रकमकाे दाेब्वर हुन्छ अरू बिमा भन्दा धेरै राम्राे छ भनियाे अहिले ५०देखि ८२सम्म मात्र पाइन्छ रे कस्तो बेइमानी हाे
Shares