आजसम्म कायम सेयरधनीहरुले मात्र गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश पाउने

प्रकाशित:
१५ असोज २०८१

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज असोज १५ गते मंगलबार अन्तिम दिन रहेको छ ।
लघुवित्तले लाभांश तथा साधारणसभा प्रयोजनार्थ असोज १६ गते मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
लघुवित्तले विद्यमान चुक्ता पूँजीको चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको ९ औँ वार्षिक साधारणसभा असोज २९ गते, मंगलबार, होटल कान्जिरुवा, धनकुटामा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares