नेप्सेको नियावलीमाथि सेबोनको असन्तुष्टि, लगानीकर्तालाई अहित हुने कुनै पनि बिषय पारित नगरिने


काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेपाल धितोप पत्र बोर्ड (सेबोन) मा पेस गरेको बिनियावली शसोधन गरे मात्र पास गरिने बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् ।
नेप्सेले पेस गरेको बिनियावली पुँजी बजार बिरोधी भएको भनी लगानिकर्ताहरु, ब्रोकरहरु र अन्य सम्बन्धित पक्षहरुबाट बोर्ड समक्ष ब्यापक मात्रामा गुनासो आइरहेकोले जायज कुराहरुको सुनुवाई पश्चात् बिनियावलीका बिबादास्पद बुँदाहरुमाथि व्यापक शंसोधन गरेर मात्र पास हुन सक्ने अध्यक्ष हमालले जानकारी दिए ।
अहिले बजारलाई थप अप्ठेरो बनाउने एउटा बँुदा पनि पास नगर्ने बरु पुँजी बजार बलियो र सकारत्मक बनाउन उपाएहरुको खोजी गरिने अध्यक्ष हमालले प्रतिबद्दता समेत व्यक्त गरे ।
कसैको ईशारामा बजारलाई केही दिन भएनी पेनिक गराउने उदेश्यले ल्याएको उक्त बिनियावली कुनै हालतमा लागू नहुने कुरा सबै लगानीकर्ता साथिहरुलाई जानकारी गराउन समेत अध्यक्ष हमालले अनुरोध गरेका छन् । केही दिनपछि लगानिकर्ताहरु र सम्बन्धित अन्य पक्षहरुसँगको सल्लाह तथा सुझाबमा बजार बिरोधी सबै बुँदाहरु हटाएर मात्र बिनियावली पास गर्ने बोर्डका अध्यक्ष हमालले जानकारी दिए ।
बजारलाई उच्च मनोबलका साथ थप सकारत्मक बनाउने र लगानीकर्ता तथा पँजिबजारको हित केन्द्रमा राखेर काम गर्ने बताउँदै हमालले अहिलेको बिनियावलीका बुदाँहरु लगानीकर्ता तथा सम्बन्धित पक्षहरुहरुसँग छलफल पश्चात् व्यापक सुधार गरेर मात्र अगाडि बढाइने अर्थ कागजलाई बताए । अहिलेकै प्रस्ताबित बिनियावली हुबहु कुनै हालतमा पास नहुने समेत बोर्डका अध्यक्ष हमालले सुनाए ।
बजार तल्लो बिन्दुमा रहेको बेला लगानिकर्ताको मनोबल बढाउने नीति ल्याउनुको सट्टा अझ पेनिक बनाएर माफियाको भरिया बन्न कोसिस गर्ने नेप्से बिरुद्ध आन्दोलन हैन बरु क्षतिपुर्ति माग गरेर कानुनी लडाई लड्नु पर्ने आवश्यकता रहेको लगानीकर्ताको भनाई छ ।
अब गलत नीति जारी गरि नितिगत भ्रष्टाचार गर्ने भ्रष्टहरु बिरुद्द कानुनी र भौतिक लडाई लडौ भन्ने आवाज हिजोआज लगानीकर्ताको समूह माझ उठ्न थालेको छ ।
आन्दोलन गरेर कहिले पनि यिनको रौ नहल्लिएको लगानीकर्ताको ठम्याई छ । नेप्सेको बिनियावली धितोपत्र बोर्डले पास नगरुन्जेल लागू हुन सक्दैन त्यसैले धितोपत्र बोर्डका अध्यक्ष हमालले नै हुबहु कुनै हालतमा पास नगर्ने भनिसकेपपिछ यसलाई धेरै महत्व दिन जरुरी नभएको लगानीकर्ताकोहरुको भनाई छ ।
Shares