विकास हाइड्रोपावरको आईपिओ आजदेखि दोस्रो बजारमा, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: ०३ भदौ २०८२
Image description

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३ कित्ता प्राथमिक सेयर(आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन्। जसमा कम्पनीका संस्थापक, प्रभावित स्थानीय तथा सर्वसाधारणलाई वितरण गरिएको सेयर समावेश छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९७.४३ रुपैयाँ देखि २९२.२९ रुपैयाँ सम्मको मूल्य निर्धारण गरेको छ। कम्पनीले नेप्सेसँग सम्झौता गरेपछि आजदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु हुने छ।

कुल सूचीकृत सेयरमध्ये २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ सेयर सर्वसाधारणका लागि अषाढ १८ गतेदेखि अषाढ २२ गतेसम्म आवेदनमार्फत निष्कासन गरिएको थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित खबर