बुक बिल्डिङ्ग प्रक्रियामार्फत आईपीओ जारी गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स, मूल्य सीमा कति ?
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि आईपीओ गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।
कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओ माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
भोलिपल्ट संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ । उक्त कट अफ प्राइस भन्दा १०% मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुन्छ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर रेटिङ नेपालले कम्पनीलाई समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
Raju ram Rajbhandari
2 years ago
Bookbilding marfat share kasari varne
sukuram Ghising
2 years ago
कति जनाले भर्ना मिल्छ होला?
sukuram Ghising
2 years ago
कति जनाले भर्ना मिल्छ होला?
rabinra
2 years ago
लुट न कान्छा लुट बित्तीय बिबरण सहि हुदैन त?
rabinra
2 years ago
लुट न कान्छा लुट बित्तीय बिबरण सहि हुदैन त?
rabinra
2 years ago
लुट न कान्छा लुट बित्तीय बिबरण सहि हुदैन त?
Shares