सानिमा क्यापिटलको लाभांश घोषणा
प्रकाशित:
०२ कात्तिक २०८१
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०र८१ मा चुक्ता पुँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
क्यापिटलले कर सहित १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । सो लाभांश पारिका लागि क्यापिटले ९ औं वार्षिक साधारण सभा कार्तिक २६ गते सोमबार गर्ने भएको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा अपरान्ह ४ बजे देखि सुरु हुने जनाइएको छ ।
साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, संचालकहरुको बैठक भत्ता बृद्धि र चालु आर्थिक बर्षका लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगाएका प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares