सेयर बजारको दिर्घकालिन बिकासको लागि दिपेन्द्र अग्रवालले गरे 'हिँड काठमाडौं' आन्दोलन घोषणा

अर्थकागज
प्रकाशित: २७ असोज २०८२
Image description

काठमाडौं । सेयर बजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवालले 'हिँड काठमाडौं' आन्दोलनको घोषणा गरेका छन् । आफ्नो सामाजिक संजाल फेसबुक मार्फत 'हिँड काठमाडौं 'भन्ने आन्दोलनको घोषणा गरेका हुन् । सामाजिक संजाल फेसबुकमा अग्रवाल लेख्छन्-' आज बढ्न सक्ने कुनै सम्भावना देख्दिन । मार्केटमा सुधारको कार्यक्रम नभईकन दिर्घकालिन मार्केट उभो लाग्न सक्दैन । तिहारपछि हिँड काठमाडौं भन्ने आन्दोलनको घोषणा गरेको छु । जोडिनुहोला ।'

मार्केट निरन्तर घटेपछि लगानीकर्ताहरु आन्दोलन गरिरहेका छन् । कहिले सेवोन घेरेर र कहिले सामाजिक संजाल मार्फत सेयर बजारको बृद्धि र विकासको लागि आवाज उठाइरहेका छन् । लगानीकर्ताहरुले केही दिन  अघिमात्रै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई भेटेर निम्न ११ बुँदे माग राखेका थिए ।

लगानीकर्ताले बोर्डसमक्ष राखेका यस्ता छन् विभिन्न ११ बुँदे मागहरु :

१. आईपीओ र हकप्रद स्वीकृति दिने कार्य कार्ययोजना अनुसारको काम नभएसम्म र दोस्रो बजारमा माग सिर्जना नभएसम्मका लागि आजै रोक्ने,

२. संस्थापक सेयर साधारणमा परिवर्तन आजै रोक्ने,

३. एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने कार्यविधि आजै लागू गर्ने,

४. सूचीकृत लगानी कम्पनीहरुलाई दोस्रो बजारमा लगानी गर्न आजै स्वीकृति दिने,

६. असोज मसान्तमा आउने मार्जिन कल र ब्याज भुक्तानीलाई ३० दिन पछि सार्ने,

७. ब्रोकरबाट मार्जिन कारोबारका लागि आजै स्वीकृति दिने,

८. बैंकबाट प्रवाह गरिने सेयर धितो कर्जाका लागि बैंकलाई प्राथमिक पूँजीको ४० प्रतिशत हैन, जम्मा कर्जा रकमको १० प्रतिशत सिमा कायम गर्ने,

९. कुनै पनि कम्पनीको सेयर मूल्य ५ प्रतिशत मात्र घट्न पाउने र बढ्दा १० प्रतिशत सम्म बढ्न पाउने गरी सर्किट ब्रेकर परिवर्तन गर्ने,

१०. लगानीकर्तालाई आश्वस्त पार्न सबै नियमनकारी निकायले तदारुकता देखाई पहल गर्ने ।

११. अनिवार्य रुपमा एओएन लागू गर्नुपर्ने ।

प्रतिक्रियाहरू

kamala

6 months ago

सहयोग हुनेछ

Ganga Bahadur Sunuwar

6 months ago

मामकबाकाम

Ganga Bahadur Sunuwar

6 months ago

मामकबाकाम

Ganga Bahadur Sunuwar

6 months ago

म सहमत छू र KTM मै छु । भेला कहा हुने हो बिस्तृत आन्दोलनको योजना बनाउनु पर्यो । माग पुरा नहुइन्जेल क्रमवद्द १ महिने कार्यक्रम बनाऔं ।

सम्बन्धित खबर