प्रयास नेपाल धादिङको अध्यक्षमा बिर बहादुर श्रेष्ठ चयन

अर्थकागज
प्रकाशित: १७ भदौ २०८०
Image description

धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशन शनिबार धादिङबेसी सम्पन्न भएको छ । २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशनले बिर बहादुर श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा उषा बि.क,सचिवमा गोबिन्द प्रसाद पण्डित, सह सचिवमा सरतिा चेपाङ,कोषाध्यक्षमा बिपिना सिंजाली मगर सदस्यहरुमा गोमा तामाङ र सुरेन्द्र बि.कलाई चयन गरेको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनु भयो ।

जनजिविका होटलको सेमिनार हल धादिङबेसीमा भएको जिल्ला स्तरीय बार्षिक सामाजिक परिक्षण तथा २२ औं बार्षिक साधारण सभामा संस्थाको ०७९/०८० वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो । साधारणसभा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुल मान बिश्वकर्माको प्रमुख आतिथ्य,संस्थाका अध्यक्ष रेष्टनकोे अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु साझेदार संस्थाका प्रतिनिधीहरु,संस्थाका सदस्यहरु,लक्षित समुदायका प्रतिनिधीहरु,संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा धादिङ जिल्लाको ११ गाउँपालिका र २ नगरपालिहरुमा सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको छ । कार्यक्रममा संस्थाका सचिव बिर बहादुर श्रेष्ठले संस्थाको सांगठनिक, कार्यकारी निर्देशक दामोदर अर्यालले बार्षिक प्रगति र कोषाध्यक्ष गोबिन्द प्रसाद पण्डितले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । २२ औं बार्षिक साधारणसभाले संस्थाको आगामी आ.ब.०८०/०८१ निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

साधारण सभाले प्रदिप रेग्मीको संयोजकत्वमा ३ सदसीय आन्तरिक लेखा परिक्षण समिति ,गोबिन्द प्रसाद बिडारीको संयोजकत्वमा ३ सदसिय अनुगमन तथा बिश्लेषण उपसमिति र ईश्वरी कोईरालाको संयोजकत्वमा ३ सदसिय सेवा तथा सामाग्री खरिद उपसमिति,सुनिता कडेलको संयोजकत्वमा ३ सदसिय बालबालिका तथा महिला उपसमिति चयन गरेको छ । साधारणसभाले संस्थाको बिभिन्न निति संशोधित सहित समसामयिक ९ वटा प्रस्तावमा छलफल गरी पारित गरेको महिला तथा बालबालिका समितिका संयोजक तथा शिक्षा अधिकृत रेनुका रुपाखेतीले जानकारी दिनु भयो ।

२२ औं बार्षिक साधारण सभाको अवसरमा आर्थिक बर्ष २०७९/८०मा कारर्यत सामाजिक कार्यकर्ताहरु मध्येबाट उत्कृष्ट शिक्षा अधिकृत दशरथ डुवाडी र फुलमाया उपरकोटी तथा लेखापाल सुवास अर्याल र उत्कृष्ट सदस्य सम्मानबाट गोमा तामाङ सम्मनित हुनु भएको सुनिता कडेलले जानकारी दिनु भयो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर