यि हुन् प्राइम कमर्सियल बैंकको ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १७ मंसिर २०८१
Image description

काठमाडौं । प्राइम कमर्सियल बैंकको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा सेयर धनीमा १८ वटा रहेका छ । जसमा विभिन्न संस्था र व्यक्ति रहेका छन् । बैंकको बार्षिक प्रतिवेदन २०८०/८१ अनुसार उमेश श्रेष्ठको २.४६ प्रतिशत अर्थात ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व रहेको छ ।

त्यसै गरी कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत अर्थात ३६ लाख ४५ हजार २६१ कित्ता, विनोद चन्द्र वरालको १.४४ प्रतिशत अर्थात २७ लाख ८५ हजार ५०३ कित्ता, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १.०६ प्रतिशत अर्थात २० लाख ४७ हजार ३३४ कित्ता, कृष्ण पुरीसँग १.०३ प्रतिशत अर्थात १९ लाख ९६ हजार २४८ कित्ता, बिक्रम पाण्डेसँग ०.८७ प्रतिशत अर्थात १६ लाख ७९ हजार ९८८ कित्ता सेयर स्वामित्व रहेको छ ।

०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयरधनीहरु


प्रतिक्रियाहरू

सम्बन्धित खबर