‘ऋणमा भएको लगानी जनताको बचत हो, तिर्दिनँ भनेर उम्कन पाईदैन ’

अर्थकागज
प्रकाशित: २० फागुन २०८०
Image description

जनताको रगत पसिनाले जोडेको रकम नै बैङ्क तथा वित्तीय संस्थाले ऋणका रूपमा लगानी गर्ने भएकाले खाएको ऋण तिर्नैपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताभएका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको ३० औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनमा बोल्दै उनले जनताले थोरै थोरै गरेर जम्मा गरेको बचत रकम नै बैङ्क तथा वित्तीय संस्थाले ऋणका रूपमा परिचालन गर्ने भएकाले कसैले तिर्दिनँ भनेर उम्कन नपाइने धारणा राखे ।

“कसैको उक्साहटमा ऋण मिनाहा हुने होइन, ऋण लिएपछि तिर्नै पर्छ तर समयसापेक्ष ब्याजदर केही हेरफेरका लागि प्रयास गरिनु स्वाभाविक मान्न सकिएला, नतिर्ने भन्ने हुँदैन,” ढकालले भने ।

अहिले बैङ्कको ब्याजदर एक अङ्कमा आइसकेकाले हरेक दिन निराशाको हिसाबले हिँड्नेभन्दा पनि सम्भावनाको खोजीमा लाग्नु नै उचित हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रियाहरू

Sanjita Sunwar

2 years ago

Bachat firta

Sanjita Sunwar

2 years ago

Bachat firta

Kamala bhattarai

2 years ago

thaki ho kheyapachhai tirnai pxa bhanne maro ne bhanaii ho

सम्बन्धित खबर