समता घरेलु लघुवित्तको एफपिओको लक्की नम्वर ४

अर्थकागज
प्रकाशित: २९ कात्तिक २०८१
Image description

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँड भएको हो । जसमा ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ४.२५ कित्ता ४ जनालाई बाँडफाँट गरिएको छ ।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर