निफ्राको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
प्रकाशित:
१३ कात्तिक २०८१
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेड (निफ्रा) ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (कार्तिक १४ गते बुधबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा ७ प्रतिशत र संस्थागत बचतमा ६ प्रतिशतसम्म ब्याज दिने छ ।
त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम १२ प्रतिशत देखि न्यूनततम ९ प्रतिशत रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares