निर्बाचित तीन जना संचालकको पदबहाली

अर्थकागज
प्रकाशित: ०२ चैत २०८१
Image description


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५आंैं वार्षिक साधारण सभाबाट निर्बाचित तीन जना संचालकको पदबहाली भएको छ । शनिबार बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र श्रीमती शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर