आईएमई लाईफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: १३ जेठ २०८१
Image description

नेपाल स्टक एक्सचेञ्जमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको २५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ४ सय ४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले आईतबारको अन्तिम कारोबार मूल्य ५ सय ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले गत वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

कम्पनीको ७ औँ वार्षिक साधारण सभा जेठ २८ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ। सभाले लाभांश सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर