तिलक कोइराला अमुख व्यक्तिद्वारा परिचालित भएको लगानीकर्ताहरुको आरोप !

अर्थकागज
प्रकाशित: ३० साउन २०८०
Image description

काठमाडौं । लगानीकर्ता तिलक कोइरालाले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ कार्यक्रम घोषणा गरेसँगै लगानीकर्ताहरुले कोइरालालाई अमुख व्यक्तिद्धारा परिचालित भएको आरोप लगाएका छन् ।

अधिकांश  लगानीकर्ताहरुले कोइरालाको विरोध घोषणा कार्यक्रमको खरोरुपले विरोध गरेका छन् । बजारका सक्रिय लगानीकर्ता रोहन कार्कीले सेयर कारोबारको समयमा आन्दोलन घोषणा गरेर बजार प्यानिक बनाउनु एक किसिमको अपराध भएको बताएका छन् ।

होसियार ! हिमालयन म्युचुअल फन्ड 'हिमालयन ८०-२०' मा लगानी गरे पैसा डुब्छ, वित्तीय संस्थालाई गुहादै क्यापिटलका कर्मचारी

कार्कीले सामाजिक सञ्जालमा तिलक कोइरालालाई बिना सल्लाह बिना एजेण्डा एक जना बदनाम पात्रको मगजमा कहिले के आउँछ त्यही फर्मान कसैको इसारामा जारी गर्दैमा सनकको भरमा आन्दोलन कसरी हुन सक्छ ? भनेर प्रश्न गरेका छन् ।

 त्यसै गरी बजारका अर्का चर्चित लगानीकर्ता दुर्गा प्रसाद काफ्लेले आन्दोलन घोषणा गरेका कोइरालालाई नर्क भएको भन्दै पाता कसेर खेद्नु पर्ने बताएका छन् । लगानीकर्तालाई सचेत हुन समेत काफ्लेले आग्रह गरेका छन् ।

त्यसै गरी अर्काे बजारका सेयर काका केशव कोइरालाले सेबोन विरुद्ध एक्कासी आन्दोलन नै घोषणा गर्न नहुने बताएका छन् । फेसबुकमा केशव कोइरालाले कमजोर कम्पनीको आईपीओ प्रिमियममा जारी गर्ने दिने, कमजोर कम्पनीको हकप्रद जारी गर्न दिने जस्ता प्रथालाई ऐन परिवर्तन मार्फत पब्लिक लिमिटेड बनाएर हतार हतारमा आईपीको तयारी जस्ता पुँजीबजार विरोधी नीति सुधार गर्न धितोपत्र बोर्ड र बोर्डका अध्यक्ष रमेश हमालाई आग्रह गर्न अनुरोध गरेका छन् । यदि सुनुवाई नभए छलफल गरेर अघि बढैला केशव कोइरालाले भनेका छन् । अहिले नै विरोध कार्यक्रम गर्न नहुने सेयर काका केशव कोइरालको मनसाय रहेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अधिकांश लगानीकर्ताले अहिले नै सेवोन विरुद्धको कार्यक्रम घोषणा गर्नु गलत भएको भन्दै विरोध गरिरहेका छन् ।


प्रतिक्रियाहरू

Share market

2 years ago

Yes. Yo pakai kunai kheladi bata parichalit hunu parxha

सम्बन्धित खबर