सेयरधनीहरुका 'बा' अमृतनाथ रेग्मीको निधन
काठमाडौं । सेयर बजारका चर्चित लगानीकर्ता एवम् सेयर विश्लेषक अमृतनाथ रेग्मीको निधन भएको छ । आईतबार विहान ८९ वर्षको उमेरमा २:३० बजे निधन भएको हो । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ल्याउन रेग्मीको ठूलो भुमिका रहेको थियो ।
कम्पनीको वित्तीय विवरणमाथि गहिरो अध्ययन गरी रेग्मी हरेक साधारण सभामा सेयरधनीको तर्फाबाट बोल्ने गरेका थिए । हरेक बैंक तथा वित्तीय संस्थाले साधारणसभा गर्नु अघि रेग्मीसँग सल्लाह सुझाव लिएर साधारणसभा गर्ने गर्थे । रेग्मीको निधनप्रति सवै सेयरधनीले दुःख व्यक्त गरेको छन् ।
प्रतिक्रियाहरू
BK Lohani
2 years ago
यो खवरले म दुखी भए। उहाँ भद्र र असल मान्छे। करिव २०३९ सालदेखि कै सम्बन्ध। त्यतिबेला उहाँ एनआईडिसी म बुटवलको एउटा उद्योगमा। उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु।
Sagar Tamrakar, Kumari Bank Ltd.
2 years ago
Hardik Shradanjali
Dr Rajan Thapa
2 years ago
Hardik Shardanjali.
Shares