नेपाल एसबिआई बैंकको ‘मेरो साथी’ एप बन्द !

अर्थकागज
प्रकाशित: १८ चैत २०८०
Image description

काठमाडौं । नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मेरो साथी एप बन्द हुने जनाएको हो । मेरो साथी एप क्रमिक रुपमा आउदो वैशाख १८ गतेसम्म विस्थापित गरी थप सुरक्षित एवम् उन्नत एप ‘योनो नेपाल एसबिआई’ सुचारु गर्ने बैंकले जनाएको छ । साथै, मेरो साथी एपबाट उपभोग गर्दै आएका सेवाहरु अब योनो नेपाल एसबिआई एपबाट प्रदान गरिने भएकाले सेवाग्राहीलाई उक्त एप डाउनलोड गरी दर्ता गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर