ब्रोकरको बदमासीले लगानीकर्ता मारमा, तत्काल लगानीकर्ताको गुनासो सम्बोधन गर्न नेप्सेको आग्रह
प्रकाशित:
२३ साउन २०८१
काठमाडौं । सेयर बजारमा यतिखेर ब्रोकर कम्पनीहरुको बदमासीले लगानीकर्ताहरु मारमा परेका छन् । मारमा परेका लगानीकर्ता हिजोआज नियमन निकाय नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा ब्रोकर विरुद्ध निवेदन लिएर जानेको संख्या दिनप्रति दिन बढ्दो छ । लगानीकर्ताहरुबाट टिएमएसमा समस्या आएको, खरिदबिक्री गर्न समस्या आउनुका साथै भुक्तानी पनि ढिला आउने लगायतका गुनासोको निवेदन बढ्ने क्रम बढ्दो रहेको नेप्सेले जनाएको छ । सेयर कारोबार रकम बढेपछि ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि धितोपत्र दलाल व्यवसायी(ब्रोकर कम्पनी) हरुलाई गुनासो सम्बोधन गर्न आग्रह गरेको छ । बुधबार नेप्सेले जारी गरेको विज्ञप्तीमा 'लगानीकर्ताहरुको गुनासो सम्बोधन गर्ने जिम्मेवारी पनि सम्बन्धीत धितोपत्र दलालकै भएको हुँदा यथाशिघ्र सम्पन्न गर्नेगरी आवश्यक व्यवस्थापन गर्नु' भनेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares