सिद्धि हाइड्रो कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
प्रकाशित:
१५ चैत २०८०
काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न कम्पनीले सिटिजन्स क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आज एक कार्यक्रमबीच सिद्धि हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक सन्तोष राज नेपाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सबिर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले इमाल जिल्लामा १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares