रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ पुस ७ गतेदेखि बिक्री खुला

अर्थकागज
प्रकाशित: २८ मंसिर २०८२
Image description

काठमाडौं । सर्वसाधारण लगानीकर्ताको पखाईमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओ पुस ७ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई ९ लाख २४ हजार ७ सय ६८ कित्ता सेयर बिक्री खुला गर्नेछ । लगानीकर्ताले पुष ११ गतेसम्म आवेदन दिन सकिने छ । बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्काशन गरिसकेको छ ।


प्रतिक्रियाहरू

कृष्ण प्रसाद पौडेल

4 months ago

धेरै महँगो भो।दश कित्ते अनुसार।

सम्बन्धित खबर