अप्पर स्याँङ्गे हाइड्रोपावरको सातौं वार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: १७ पुस २०८०
Image description

काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको सातौं वार्षिक साधारणसभा आज अर्थात पुष १७ गते कुण्डलिनी दरबार ब्याङ्क्वेट चप्पल कारखाना चोक काठमाण्डौंमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष बिर बहादुर घलेको अध्यक्षतामा भएको साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/२०८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन समेत गरकोे छ । सभाले बैठक भत्ता समेत स्वीकृत गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर