सुपर मादी हाइड्रोको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

अर्थकागज
प्रकाशित: ०९ असोज २०८१
Image description

काठमाडौं । लाभांश र हकप्रद सेयर निष्काशनको प्रस्ताव सहित सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको असोज ८ गते बसेको संचालक समिती बैठकले लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

लाभांश तथा हकप्रदको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ५ गते साधारणसभा आह्वान गरेको छ । सभा, होटल इम्पेरियल, बत्तीसपुतली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

त्यस्तै कम्पनीले ताप्लेजुङ जिल्ला स्थित निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न संचित मुनाफा, कर्जा तथा हकप्रद शेयर जारी गर्ने र उक्त प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले लाभांश, हकप्रद निष्काशनको प्रस्तावसहित पुँजी बृद्धिको प्रस्ताव समेत पारित गर्नेछ । त्यस्तै सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाब तथा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ असोज १८ गते लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर