अन्जु पन्त र प्रमोद खरेलको स्वरमा आयो नयाँ गीत 'तिम्रो मेरो दिलको बास' (भिडियो)

प्रकाशित:
०२ वैशाख २०८१
.jpg)
लोकप्रिय गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको सुमधुर स्वरमा 'तिम्रो मेरो दिलको बास' गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । आइतबार सगरमाथा डिजिटलको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सन्तोष श्रेष्ठको शब्द तथा संगीतमा सजिएको यस गीतको भिडियो एरेन्ज कमल सौरागले गरेका छन् । माया प्रेम र कल्पनालाई प्राथमिकता दिएर शब्द रचना गरिएको यस गीतको भिडियोमा शील्पा पोखरेल र अनुप जंग थापाले फिचरिङ गरेका छन् । एअन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् भने सम्पादन मिन रावलले गरेका छन् भने क्यामेराम्यानमा मुकेश हुमागाईंले काम गरेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares