नेपाल एसबिआई बैंकले मनायो ३१ औं बार्षिकोत्सव
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सोमबार बैंकको ३१ औं बार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो । सपथ ग्रहण समारोहमा बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारको थिए । साथै, उहांले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नूपर्नेमा पनि जोड दिनु भएको छ । त्यसैगरी बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गर्नु भएको छ । प्रमूख संचालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन दिनु भएको छ । साथै, बैंकले सोे अवसरमा सबै शाखा तथा कार्यालयहरुबाट आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई मिठाई वितरण गरेको थियो ।
नेपाल एसबिआई बैंक लिमिटेडले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपुर र रामपुर बजार, पाल्पा सहित १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम तथा १ कर्पोरेटअफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
Shares