लागू औषध मुद्दाका फरार अभियुक्त सम्राटराज पन्त पक्राउ

अर्थकागज
प्रकाशित: २५ असोज २०८०
Image description

काठमाडौं–लागू औषध कारोबार अभियोगमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले बिहीबार साँझ काठमाडौंको भत्केको पुलनजिकबाट पक्राउ गरेको छ । लागू औषध कारोबार गरेको अभियोगमा मोरंग जिल्ला अलदालतमा मुद्दा मुल्तवीमा रहेका काठमाडौं महानगरपालिका वडा नम्बर ५ बस्ने ४० बर्षिय सम्राटराज पन्तलाई मालिगाउँ प्रहरी बृत्तले घरबाटै पक्राउ गरेको हो ।

सरकारले पन्तसहित मोरंगका बिक्की भन्ने विकास अग्रवाललाई विपक्षी बनाइ मोरंग जिल्ला सरकारी वकिल कार्यालय २०७८ जेठ २० मा मुद्दा दर्ता गरेको थियो । प्रहरीले अग्रवाललाई मुद्दासँगै पेश गरे पनि पन्त भने फरार थिए ।

पन्तलाई हाजिर हुन आउन अदालतले २०७८ साल मंसिर २७ मा गोरखापत्र दैनिकमा म्याद प्रकाशन गरेको थियो । पत्रिकामा प्रकाशन गर्दा पनि पन्त अदालतमा हाजिर नभएपछि सहअभियुक्त अग्रवालको हकमा सजाय हुने गरी फैसला गर्दै पन्तको हकमा मुद्दा मुल्तबीमा राखेको थियो । एउटै अभियोगमा अग्रवाललाई अदालतले २ बर्ष कैद र २० हजार रुपैयाँ जरिमाना गरेको छ ।

मोरंग जिल्ला अदालतमा मुद्दा मुल्तवीमा रहे पनि पन्त भने काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा उनी विरुद्ध चलिरहेको देवानी मुद्दामा तारिख धाइरहेका थिए । प्रहरीको आँखा छल्दै लुकिछिपी बस्दै आएका पन्तलाई प्रहरीले पक्राउ गरेपछि मोरंग जिल्ला अदालतमा बुझाउने तयारी गरेको छ ।

file:///C:/Users/LATITUDE%20E5410/Downloads/samrat%20Lagu%20aushadh%20case.pdf

प्रतिक्रियाहरू

सम्बन्धित खबर