लक्ष्मी सनराईज क्यापिटलका २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
प्रकाशित:
२९ साउन २०८१
काठमाडौँ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडलेका २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्न्नत्ती कोष र लक्ष्मी भ्यालु फण्ड २ लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि साउन ३१ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज साउन ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्रै फण्डको लाभांश प्राप्त गर्न सक्नेछन् ।
क्यापिटलको साउन १४ गते सोमबार अपरान्ह ४ बजे बसेको संचालक समितिको १४४औं बैठकले लक्ष्मी भ्यालु फण्ड २ इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित ४.५ प्रतिशत नगद लाभांश र लक्ष्मी उन्नत्ती कोषका इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित ७.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares