नेपाल धितोपत्र बोर्डले गर्यो ८८ वटा सूचीकृत कम्पनीलाई कारवाही


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सयममा वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारबाही गरेको छ । सोमबार बसेको सञ्चालक समिति बोर्डको बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको हो ।
बोर्डलाई बुझाउनुपर्ने विवरण समयमै नबुझाएका सूचीकृत कम्पनीलाई कारवाही गर्ने निर्णय भएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए ।
बैठकले वार्षिक वित्तीय विवरण त्रैमाससिक वित्तीय विवरण लगायतका विवरणहरु समयमा नबुझाउने कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएका गरेको छ । त्यसै गरी बोर्डको बैठकले ढिलो गरी वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई र वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । बोर्डले सबै कम्पनीलाई मंगलबार नै पत्राचार गरिसेको छ । धितोपत्र बोर्डले यसअघि गत ११ साउनमा एक सूचना जारी गर्दै समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो । त्यसैबेला समयमै विवरण नबुझाए धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार कारवाही र जरिवाना गर्ने चेतावानी दिएको थियो ।
Shares