बैंकहरुका लागि कर्जा असुली निकै ठूलो चुनौती !

अर्थकागज
प्रकाशित: ०३ पुस २०८१
Image description

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुका लागि अहिले कर्जा असुलीमा निकै ठूलो चुनौती रहेको बताएका छन् । नेपाल बैंकर्स संघको ३८ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित समारोहमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

अधिकारीले भने, ‘हामीले दुःख मान्नुपर्ने धेरै अवस्था छैन। बाधा चुनौती छन् । बैंकहरुका लागि अहिले रिकभरीमा निकै ठूलो चुनौती छ । बैंकहरुका लागि साइबर सेक्युरिटी रिलेटेड जोखिम हामीकहाँ छ ।’ 

उनले बैंकिङ प्रणालीमा बाह्य थ्रेट केही वर्षदेखि आयो । ऋण नतिरेपनि हुन्छ भन्ने अराजक गतिबिधि सिर्जना भएको सुनाए । अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रहरु भन्दा धेरै नै पारदर्शी रहेको धारणा राख्दै राष्ट्र बैंकले ल्याउने कुनै पनि सुधारका नीतिहरु नेपालको बैंकिङ क्षेत्रलाई अप्ठ्यारो बनाउन नभई यो क्षेत्रलाई सबल बनाउने दिशामा नै केन्द्रित हुने बताए । नेपालको बैंकिङ क्षेत्रमा प्रशस्त चुनौतीहरु भएपनि ती चुनौतीहरुलाई सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको उनको धारणा थियो । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर