सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित:
१२ चैत २०८०

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ चैत्र १३ गते बुकक्लोज गर्ने निणय गरेको थियो त्यसैले आज चैत्र १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको सातौ वार्षिक साधारण सभा चैत्र २७ गते, अमृतभोग क्याटरिङ, डिल्लीबजार काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares